समृद्धि र सुशासनका निम्ति कसैसँग सम्झौता हुँदैन

लोकप्रिय

विराटनगर, कात्तिक १४ गते ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारले संवृद्धि र सुशासनका निम्ति कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले विराटनगरमा आयोजना गरेको प्रदेश स्तरीय कृषि गणनाको सार्वजनिक कार्यक्रममा उहाँले कोशी प्रदेशमा चाँडै मन्त्रीमण्डल विस्तार हुने बताउनुभयो । उहाँले मन्त्री मण्डलको सङ्ख्या बढाएर प्रदेशलाई आर्थिक भार दिने पक्षमा आफू नरहेको बताउनुभयो ।

कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक चाँडै ल्याउने तयारीमा रहेको भन्नुहुँदै उहाँले अब आउने बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले कृषि क्षेत्रमा दिएको अनुदानको सही सदुपयोग हुनु जरुरी रहेको बताउनुभयो । अनुदान दिने र त्यसको सही अनुगमन नहुने हो भने कुनै अर्थ नरहने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तोयम रायले कृषि गणनाबाट प्राप्त तथ्याङ्कको आधारमा सरकारलाई बजेट बनाउन सहज हुने बताउनुभयो ।

कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले कोशी प्रदेशको कृषि गणनाबारे तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले कृषि गणनाको पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles