जङ्गली हात्तीले दुई वटा घरमा क्षति

लोकप्रिय

हेटौँडा, पुस ४ गते ।
मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित नयाँबस्तीमा बुधबार जङ्गली हात्तीले स्थानीयको घरमा क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जङ्गली हात्तीले नयाँबस्तीका बुद्धि राईको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको एकातर्फको भित्ता भत्काएको छ । साथै स्थानीय नारायण श्रेष्ठको सटरमा हात्तीले क्षति पु¥याइदिएको छ ।
हात्तीले स्थानीय मङ्गल सिँह थिङको भान्सामा रहेको धान एक बोरा र चामल एक बोरा खाईदिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles