जनतालाई आशा जगाउने गरी सरकारले काम गर्नुपर्छ

लोकप्रिय

विराटनगर , पुस ४ गते ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले जनतालाई आशा जगाउने गरि सरकारले काम गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय सभा चुनावका कारण नेपाली कांग्रेसका महासमिति बैठक तोकिएको समयमा हुन नसकेको प्रष्ट पार्नुभयो ।

राष्ट्रिय सभाको सदस्यमा गत निर्वाचनमा पराजित भएका तथा समानुपातिकमा रहेका व्यक्तिलाई पार्टीले टिकट दिन नहुने उहाँको भनाई थियो ।

ताजा समाचार

Related Articles