उखुको न्यूनतम मूल्य निर्धाराण

लोकप्रिय

काठमाडौँ पुस ४ गते ।
सरकारले यस वर्षका लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले उद्योगले दिने प्रति क्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी प्रति क्वीटल ६ सय ३५ रुपैयाँ मूल्य निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठक बस्ने नयाँ कार्यकक्षको उद्घाटन गर्न आज बैठक राखिएको र सरकारको एक वर्षे अवधिको समीक्षा र छलफल समेत गरिएको मन्त्री शर्माले बताउनुभयो ।

ताजा समाचार

Related Articles