लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

लोकप्रिय

दाङ, पुस ७ गते ।
सरकार गठन भएको ८ महिना पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री थप्नु भएको छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीकोले गठबन्धनका दलहरुबिच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण सरकारले पुर्णता पाउन सकेको थिएन ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्युठानका सरोज थापालाई मन्त्री बनाउनु भएको हो। नवनियुक्त मन्त्रीहरुको सपथ भोली बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनुभयाे । मुख्यमन्त्रीले नव नियुक्त मन्त्रीहरुकाे नाम प्रदेश प्रमुखकाे कार्यालयाा पठाउनु भएको र भाेली बिहान ९ बजे सपथ राखिएको छ ।

कृष्णा केसीलाइ खानेपानी ग्रामिण तथा सहरी विकास मन्त्रालय र सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मध्ये एक दिने तयारी भएको पनि प्रवक्ता पाण्डेले जनाउनु भयाे ।

दुइ मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पुर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैले राख्ने बताएका छन् । नेपाली काग्रेस संस्थापन पक्षले मन्त्री नियुक्तीमा एकलौटी गरेको भन्दै काग्रेसमा बिवाद चुलिएको छ ।
– नेपाल टिभी अनलाइनबाट

ताजा समाचार

Related Articles