डेरी एसोसिएसन मधेश र सुदुरपश्चिम प्रदेशको साभारण सभा सम्पन्न

लोकप्रिय

काठमाडौँ, पुस २३ गते ।
नेपाल डेरी एसोसिएसन मशेश प्रदेश र सुदुर पश्चिम प्रदेशको वार्षिक साभारण सभा सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशको ५औँ वार्षिक साधारणसभा एवं तेश्रो अधिवेशन भुपेन्द्र थापाको सभापतित्व एवं केन्द्रिय उपाध्यक्ष रेशम बहादुर खड्काको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभा कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमाल, केन्द्रयी सदस्य प्रेम प्रकाश पाठक, प्रकाश सामन्तलगायत डेरी उद्यागीहरुको उपस्थिति रहेको थियो । साधारण सभाले कार्यक्रममा हाल दुग्ध क्षेत्रको समस्या र समाधानका विषयमा छलफल गर्दै समितीले पेश गरेको प्रतिबेदन माथि छलफल गरि पास गरेको थियो ।

अधिवेशनबाट भुपेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भयो । कार्यसमितिको उपाध्यक्षमा राम कुँवर, सचिवमा देवबहादुर चन्द, कोषाध्यक्षमा विमला देवी सिंह, सदस्यहरुमा गणेशबहादुर विष्ट, डम्मरा दियाकोटी, डम्मर चन्द, अनिता केसीसहित नौ सदस्यीय कार्य समिति बनेको छ । त्यसै गरी सल्लाहकारमा दलबहादुर बोहरा चयन हुनु भएको छ ।

त्यस्तै मधेश प्रदेशमा ५ औँ वार्षिक साधारणसभा प्रदेश अध्यक्ष राघो सिंहको सभापतित्व एवं उपमहासचिव विजया चौरासियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य नविन चौरसियाको उपस्थिति रहेको कार्यक्रममा डेरी क्षेत्रमा अहिले देखिएको समस्याका विषयमा समितिले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल गरि पास गरेको थियो ।

नेपाल डेरी एसोसिएसन केन्द्रीय महासचिव हेमचन्द्र खनालका अनुसार प्रदेश नं ५ र ६ मात्र यस वर्षको साधारणसभा गर्न बाँकी रहेको छ ।

केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले डेरी एसोसिएसनको २३औँ केन्द्रीय वार्षिक साधारणसभा आगामी माघ ७ गते स्थापना दिवसको दिन काठमाडौँमा गरिने बताउनुभयो ।

ताजा समाचार

Related Articles