अन्तरपालिका स्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता हुने

लोकप्रिय

हेटौँडा, पुस २३ गते ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा अन्तरपालिका स्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता हुने भएको छ ।

सहिद रुद्र पाखिन तथा वासुदेव घिमिरे स्मृतिमा हुने अन्तरपालिका स्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता यही पुस २८ गतेदेखि माघ १ गतेसम्म मकवानपुरगढी गाउँपालिका वडा नं. ३ मक्राञ्चुलीस्थित भानु मिनी पिचमा हुने आयोजकले जनाएको छ ।

खेलकुद विकास समितिका सदस्य सचिव रामबहादुर घलानले प्रतियोगितामा प्रथम हुनेले एक लाख २५ हजार र द्वितीय हुनेले ७५ हजार रुपियाँ पुरस्कारसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिनुभयो ।

प्रतियोगिता ७ ए साइड हुने, छ जना नियमित खेलाडी, चार जना अतिरिक्त खेलाडी, टिम म्यानेजर र टिम कोच एक–एक अनिवार्य गरिएको छ ।

समितिका सदस्य सचिव घलानले टिममा सहभागी हुने खेलाडी अनिवार्य रूपमा मकवानपुर जिल्लाको स्थायी बासिन्दा हुनुपर्नेछ र सोको प्रमाणित कागजातसमेत पेस गर्नुपर्ने बताउनुभयो ।

टिम दर्ता अन्तिम मिति पुस २७ गतेसम्मका लागि तय गरी टिम दर्ता शुल्क तीन हजार रुपियाँ तोकिएको छ ।

समितिले जिल्लामा रहेका पालिकाहरू हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र इन्द्रसरोवार गाउँपालिकालाई सहभागिताका लागि आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles