हरेक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण

लोकप्रिय

जनकपुरधाम माघ ७ गते ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका हरेक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

समाजवादी युवा संघ नेपालको जनकपुरधाममा स्थापना भएको प्रदेश कार्यालयको उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुकमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना युवाहरूकै आन्दोलनको बलमा आएकोले यसको संस्थागत विकासका लागि युवाहरूले निरन्तर दबाब सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले मुलुकका हरेक परिवर्तनमा युवाहरूको भूमिका भएजस्तै मुलुकलाई समृद्धि र विकासको पथमा लैजानका लागि युवाहरूको सकारात्मक भूमिका जरुरी भएको बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले ऐतिहासिक मधेश जनविद्रोह युवाहरूकै कारणले भएको बताउँदै मधेशका कतिपय मुद्दाहरू सम्बोधन हुने क्रममा रहेको बताउनुभयो ।

उहाँले सैद्धान्तिक, वैचारिक तथा अनुशासित सङ्गठन निर्माण गर्न पार्टीले गरेका महत्वपूर्ण योगदान र कार्यहरूलाई जनजनसम्म लैजानका लागि युवाहरूलाई आग्रह गर्नुभयो ।

जसपाका अध्यक्ष यादवले शिक्षा क्षेत्रमा देखिएको विकृति तथा विसङ्गतिको अन्त्य गर्दै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।

ताजा समाचार

Related Articles