भीमफेदीमा सामाजिक सुरक्षा कार्यक्रम सुरु

लोकप्रिय

हेटौँडा, माघ १५ गते ।
मकवानपुरको भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराइएको छ । भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा ९८ जना कार्यक्रममा आवद्ध भएका छन् । यसअघि गत असारमा भीमफेदी गाउँपालिका कार्यालय र सामाजिक सुरक्षा कोषबिच भीमफेदी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सम्झौता भएको थियो ।

सामाजिक सुरक्षा योजना शुभारम्भसँगै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयन सुरुभएको छ । चालु आर्थिक वर्ष २०८०–८१ मा पालिकाभित्रका अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई यस कार्यक्रममा समाबेश गर्ने योजना अनुसार सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ ।

कोषमा योगदानपछि कोषबाट सञ्चालित विभिन्न योजनामा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सहभागी हुन पाउने छन् ।

ताजा समाचार

Related Articles