जनतामा छाएको निराशा चिर्न संवाद यात्रा: महामन्त्री थापा

लोकप्रिय

सुनसरी, माघ १५ गते ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र आमजन्ताको समस्यालाई नयाँ ढङ्गबाट संवोधनका लागि कांग्रेसले संवाद यात्राको अभियान संचालन गरेको बताउनु भएको छ ।
समुदायमा नेपाली काँग्रेस अभियान मेची काली यात्राका क्रममा सुनसरीको बर्जु गाउँपालिकामा आइपुग्नु भएको हो ।

स्थानियको सुझाव तथा गुनासो सुनेपछी महामन्त्री थापाले स्थानीयस्तरका गुनासा सुन्नकालागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताउनु भयो ।
यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियानभएको स्पष्ट पार्दै महामन्त्री थापाले आफूहरू स्थानिय तहका व्यक्तिको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्याबुझ्ने यात्राको उद्देश्य रहेको बताउनु भयो ।
संवाद यात्रामा उपस्थित भएका सर्वसाधारणले किसानको समस्या,युवा पलायनका विषयमा कुरो उठाएका थिए भने पार्टिको भित्रको गुटका वारेमा विरोध समेत गरेका थिए ।
महामन्त्री थापाले सुनसरीको बर्जु,हरिनगर र कोशी गाउँपालिको कार्यक्रमा सहभागी हुनु भएको थियो ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ ।

संवाद यात्रा माघ २६ गतेसम्म चल्ने छ ।

ताजा समाचार

Related Articles