सहिद सप्ताह सम्पन्न

लोकप्रिय

हेटौँडा, माघ १६ गते ।
सहिद सप्ताहको अन्तिम दिन मङ्गलबार सहिदहरुप्रति स्तम्भमा माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गरिएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक आयोजित कार्यक्रममा सहिदको प्रतिमामा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माल्यार्पण गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।
सहिदहरुप्रति श्रद्धान्जली कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाबागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेललगायतले सहिदको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।
यसअघि एक मिनेट मौन धारण गर्दै सहिदहरुप्रति श्रद्धान्जली व्यक्त र नेपाली सेनाको एक टुकडीले सहिदहरुप्रति सलामी अर्पण गरेको थियो ।
यसैबिच स्मारक विकास समिति, हेटौँडाले सहिद दिवसका अवसरमा हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक परिसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमको समापन गरिएको छ ।
सहिद सप्ताहको अन्तिम दिन मङ्गलबार प्रभातफेरी, सहिदप्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचनलगायतका कार्यक्रम गरिएको थियो ।
हुनेभएको छ । कार्यक्रममा सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेललगायतले सहिदले पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
सहिद सप्ताह सहिद स्मारकमा बुद्ध पार्कको उद्घाटन गर्दै सुरुवात गरिएको थियो ।
सहिद सप्ताह अन्तर्गत कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रवर्धन मेला, विविध सांस्कृतिक कार्यक्रम, जेष्ठ नागरिक सम्मान, नृत्य प्रतियोगिता, रक्तदान, वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।

ताजा समाचार

Related Articles