निर्माण व्यवसायी महासंघको साधारण सभा हेटौँडामा हुने

लोकप्रिय

हेटौँडा, फागुन १२
नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा हेटौँडामा हुने भएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरको सहआयोजकत्वमा आगामी चैत्र १६ र १७ गते साधारण सभा हेटौँडामा हुनेभएको हो ।
साधारण सभामा जिल्ला शाखाका प्रतिनिधि, महासंघमा आवद्ध साधारण सदस्य, एशोसिएट सदस्य र वस्तुगत सदस्यलगायत पर्यवेक्षकहरुले सभामा सहभागिता रहने संघका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिनुभयो ।
साधारण सभामा निर्माण क्षेत्रमा प्रयोग हुने उकरणहरुको प्रदर्शनी गरिने भएको छ ।
करिव एक हजार आठ सय जना निर्माण व्यवसायी सहभागी हुने साधारणसभामा नयाँ प्रविधिको प्रयोग गर्दै आएका अन्तर्राष्ट्रियस्तरका ख्याती प्राप्त निर्माण व्यवसायीहरुले हेटौँडा आउने र अनुभवको आदान प्रदान हुने संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईले बताउनुभयो ।
साधारण सभाका कारण यस क्षेत्रको आर्थिक क्रियाकलाप बढ्ने उहाँले बताउनुभयो ।

ताजा समाचार

Related Articles