हिउ परेपछि अवरुद्ध त्रिभुवन राजपथ सुचारु

लोकप्रिय

हेटौँडा, फागुन १२ गते ।
मकवानपुरको उत्तरी क्षेत्र दामन–सिमभञ्ज्याङमा वर्षासँगै हिमपात भएको छ ।
यो वर्षको हिउँदमा पहिलो पटक बिहीबार हिमपातसँगै वर्षा भएको हो ।
दामन–सिमभञ्ज्याङमा हिमपात भएसँगै बिहीबार रातिबाट अवरुद्ध बनेको त्रिभुवन राजपथ शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले प्रहरी र स्थानीय मिलेर सडकमा परेको हिउ पन्छाएर शुक्रबार दिउँसोबाट सडक सुचारु गरिएको जानकारी दिँदै हिउ हटाइएपनि दुर्घटनाको जोखिम रहेकोले सुरक्षित साथ आवागमन गर्न आग्रह गर्नुभयो ।
हिमपातपछि सडकमा चिप्लिएर दुर्घटनाको जोखिम हुने भएसँगै हेटौँडाबाट पालुङतर्फ गएका र पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकलगायतका सवारीका साधन रोकिएको सडक सुचारु भएसँगै गन्तव्यतर्फ लागेका छन् ।
लामो समयदेखि वर्षाको पखाईमा रहेका किसानमा आलु लगाउने समयपछि बिहीबार साँझ हिमपातसँगै वर्षा भएपछि खुशीयाली छाएको छ । बिहीबार दुई पटक हिमपात भएको थियो ।
यस्तै दामन–सिमभञ्ज्याङ क्षेत्रमा हिमपात भएसँगै होटल व्यवसायीहरु खुशी भएका छन् । हिमपातपछि आन्तरिक पर्यटक पुग्ने थालेका छन् ।
दामन–सिमभञ्ज्याङ क्षेत्रमा यो वर्ष हिमपात भएसँगै सडक, घरका छाना, रुख बिरुवाहरु सेताम्य भएका छन् ।
थाहा नगरपालिका ४ का विनोद लामाले दुई वर्षपछि हिमपात भएकोले पनि नौलो अनुभव भएको बताउनुभयो ।
गत वर्ष दामन–सिमभञ्ज्याङ क्षेत्रमा हिमपात भएन लामाले भन्नुभयो २०७८ सालमा पनि आजकै दिन यस क्षेत्रमा हिमपात भएको थियो ।
उहाँका अनुसार हिउ केही दिन रहन्छ ।
हिमपात भएसँगै दामन–सिमभञ्ज्याङ क्षेत्रका अधिकांश होटलहरु बुकिङ भएका छन् ।
दामनस्थित सहारा रिसोर्टका प्रवन्धक विष्णु कुँवरले हिमपात भएको जानकारी पाएसँगै फोनमार्फत होटल बुकिङ भएको जानकारी दिनुभयो ।
उहाँले बुटवल, हेटौँडा, काठमाडौँलगायतका स्थानबाट बिहीबार रातिनै शुक्रबार र शनिबारका लागि होटल बुकिङ भएको बताउँदै १५ वटा कोठामा सबै जसो बिहीबार नै बुकिङ भईसकेको र अधिकांश काठमाडौँका पाहुनाले बुकिङ गरेको बताउनुभयो ।
हिमपातपछि खेतबारीलाई पनि राम्रो हुने विश्वास गरिन्छ ।

ताजा समाचार

Related Articles