नयाँ सत्ता गठबन्धनमा भागबण्डा टुङ्गो लगाउन चार सदस्यीय कार्यदल गठन

लोकप्रिय

काठमाडौँ, फागुन २१ गते ।
नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ ।

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहनुभएको छ ।

कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुङ्गो लगाएर त्यसको विवरण सत्ता गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

ताजा समाचार

Related Articles