प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हेटौँडामा सुरु

लोकप्रिय

हेटौँडा, चैत ३ गते ।
मकवानपुर उद्योग वाणिज्य सङ्घ अन्तर्गत रहेको महिला उद्यमी विकास समितिको आयोजनामा हेटौँडामा आठौँ प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० सुरुभएको छ ।
महिलाहरुको उद्यमशीलताको प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको पाँच दिने प्रदर्शनीमा मकवानपुरसहित प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीबाट उत्पादित हस्तकला, खाद्यान्नलगायतका बस्तु तथा सेवाहरुको स्टल रहेको छ ।
हेटौँडा उपमहानगरपालिका २ स्थित पल्पसा सदनमा सुरुभएको प्रदर्शनीको शुक्रबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्दै मन्त्री मोक्तानले पैतृक सम्पत्तिमाथि महिलाको अधिकार नभएकोले महिलाका लागि उद्यमशीलता चुनौतीपूर्ण भएको भन्दै प्रदेश सरकारले उद्यमशीलताको क्षेत्रमा स्थानीय तहमार्फत लगानी गर्ने बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाका नगरप्रमख मीनाकुमारी लामा,
उद्योग सङ्घ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाललगायतले महिला उद्यमीहरुको व्यवसाय प्रवर्धन र अनुभवको आदान प्रदान गर्न प्रदर्शनी सहयोगी हुने बताउनुभयो ।
प्रदर्शनी अवधिमा सफल महिला उद्यमीहरुको कथा प्रस्तुति, उद्यमशीलतामा महिलाहरुको सहभागिता विषयक अन्तक्र्रिया, कृषिमा महिलाहरुको भूमिका, बैङ्किङ सुविधा, उत्पादन, दक्षता र बजारीकरण विषयकमा छलफलसमेत गरिने भएको छ ।
प्रदर्शनीमा हस्तकला सामग्री, तयारी पोशाक, दैनिक उपभाग्य सामग्रीहरु, रैथाने बाली, खानाका विभिन्न परिकारलगगायतको ३७ वटा स्टल रहेको छ ।

ताजा समाचार

Related Articles