सात जना स्रष्टा सम्मानित

लोकप्रिय

हेटौँडा, चैत १० गते ।
साहित्य सङ्गम मकवानपुरले शनिबार हेटौँडामा सात जना सर्जकलाई सम्मान गरेको छ ।
सङ्गमले शनिबार यहाँ आयोजना गरेको ३४१ औँ नियमति साहित्य सन्ध्या एवं सम्मान समर्पण समारोहमा सात जना स्रष्टालाई सम्मान गरेको हो ।
कार्यक्रममा सङ्गमले प्रदान गर्दै आएको मकवानपुर साहित्य श्री सम्मान–२०८० बाट साहित्यकार इन्द्रजित शर्मा चौलागाईंलाई सम्मान गरिएको छ ।
साहित्यकार निर्मोही व्यासले कार्यक्रममा सङ्गमका संस्थापकसमेत रहनुभएका चौलागाईं १५ हजार ५५५ रुपियाँ राशिसहित सम्मानपत्र समर्पण गर्नुभएको थियो ।
यस्तै १५ हजार ५५५ रुपियाँ राशिको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान–२०८० धनकुटाका साहित्यकार कल्पना काफ्लेलाई, ११ हजार १११ रुपियाँ राशिको विनोद–सुनिता सुवेदी साहित्य सम्मान–२०८० ललितपुरका साहित्यकार श्रीराम पाण्डेलाई र हाल अमेरिकामा रहनुभएका हेटौँडा निवासी दीपक मुडवरीले स्थापना गर्नुभएको दस हजार रुपियाँ राशिको सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान–२०८० मकवानपुरका विश्वनाथ सञ्जेललाई प्रदान गरिएको थियो ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलादेवी श्रेष्ठ स्मृति नारी सम्मान २०८० बाट मकवानपुरका भावना सापकोटा, मुक्ति– तारा सम्मान–२०८० बाट मकवानपुरका सानुभाइ विश्वकर्मालाई, रामहरि–देवु सम्मान–२०८० बाट मकवानपुरका किशन पौडेललाई जनही १० हजार रुपियाँसहित सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles