तीन पालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा कडाई

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २१ गते ।
मकवानपुरका तीन पालिका धुमपान र सुर्तीजन्य पदार्थको बिक्रमा कडाइ गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिका धुमपान र सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा प्रयोग र बिक्री वितरणविरुद्धको अभियानमा लागेका हुन् ।
मकवानपुरको बकैया गाउँपालिकाले साउन १ गतेबाट पालिकाभर लागूपदार्थको ओसार पसार, बिक्री वितरण र प्रयोगमा रोक लगाउने गरी अभियान सुरु गरेको हो ।
पालिकाका अध्यक्ष धर्मराज लामिछानेले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थको प्रयोग कानुनले समेत निषेध गरेकोले त्यसलाई कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा रोक लगाएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।
उता मनहरी गाउँपालिकाले गुट्खाजन्य पदार्थको खरिद, बिक्री वितरण र प्रयोगमा निषेध गरेको छ । गाउँपालिकालाई गुट्खाजन्य पदार्थ मुक्त पालिका बनाउने अभियानअन्तर्गत गुट्खाजन्य पदार्थको खरिद, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको पालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो ।

ताजा समाचार

Related Articles