घोडेपानी पुनहिलमा पर्यटकको चहलपहल

लोकप्रिय

म्याग्दी,चैत १२ गते ।
हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने प्रमुख पर्यटकीय स्थल घोडेपानी पुनहिलमा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

डाँडापाखा फुलेको लालीगुराँसले फुले संगै आन्तरिक एवम् बाह्य पर्यटकको घोडेपानीमा चहलपहल बढेको छ ।
तीन महिना सुनसान बनेको यो क्षेत्र चैत लागेसंगै पर्यटकको चहलपहल सुरु भएको छ ।

पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको घोडेपानीका बिरेन पुनले बताउनुभयो ।

नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन् ।

वसन्त ऋतुमा पाखाभरि ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र मनमोहक देखिन्छ ।

वैशाखको पहिला सातामा डाँडापाखा लालीगुराँसले अझै ढकमक्क भएर सुन्दर देखिने पुनको भनाइ छ ।

सूर्योदय, हिमशृङ्खलाको दृश्य र गुराँसको जङ्गल अवलोकनका लागि दैनिक करिब २ सय आन्तरिक तथा विदेशी पर्यटक पुनहिल जाने गरेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित छ।

पुनहिलबाट एक दर्जनभन्दा बढी हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको दृश्यावलोकन गर्न पाइन्छ ।

ताजा समाचार

Related Articles