मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

लोकप्रिय

हेटौँडा, चैत १९ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसले मुख्यमन्त्री नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उहाँ अल्पमतमा पर्नुभएको थियोे ।
प्रदेश सभाको सोमबार बसेको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउनुभएको हो । मुख्यमन्त्रीले १६ महिनाको अवधिमा प्रदेश सभाबाट तेश्रो पटक विश्वासको मत लिनुभएको हो । कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०८ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ५६ मत र विपक्षमा ३७ मत परेको प्रदेश सभाका सभामुख भुवन पाठकले जानकारी गराउनुभयो । विश्वासको मतका लागि भएको मतदानमा १५ जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।

मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र हाम्रो नेपाली पार्टीले मत दिएका छन् । हाम्रो नेपाली पार्टीका एक जना प्रदेश सभा सदस्यको अनुपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र र नेपाल मजदुर किसान पार्टी तटस्थ रहेका थिए ।नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत वर्ष माघ ३ गते र चैत १० गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

ताजा समाचार

Related Articles