पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि

लोकप्रिय

पाँचथर, माघ १६ गते ।
पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी आठ टोली सहभागी हुने प्रतियोगिता आयोजक पाँचथर क्लबले जनाएको छ । ‘ए’ डिभिजन खेल्ने केही क्लबसहित दुई विदेशी टोली स्पर्धा गर्न आउने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ११ लाख एक हजार एक सय ११ र उपविजेतालाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका निम्ति रु ७० लाख विनियोजन भएको अध्यक्ष तुम्रोकले बताउनुभयो ।

आयोजक क्लबले आज पाँचथरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटवल क्लबले जितेको थियो ।

ताजा समाचार

Related Articles