मकवानपुर – नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धक एवम् अभिनेता तथा फिल्म निर्देशक नीर शाह एक लाख नगद राशि सहित सम्मानित हुनुभएको छ । शाहलाई १६ औँ संस्करणको बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ प्रदान गरिएको हो ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्दै नेपाली गीतसङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको चन्दै शाहलाई नगद एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो । शाहले विगत पाँच दशकदेखि निरन्तर आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत योगदान पु¥याइरहनुभएको छ । उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वन: श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको हो । यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेम ध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राज भण्डारी,शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मिरा राणा , कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम,किरण प्रधान, राजेन्द्र थापा सम्मानित भैसकेका छन् । सम्मान ग्रहण गर्दै शाहले साहित्य, सगित र सिनेमाले समय कालिन वस्तुस्थिति को चर्चा गर्ने बताउनुभयो । गीतकार, कवि एवम् रचनाकार नागेन्द्र थापाको प्रमुख आतिथ्ययतामा पुरस्कार समर्पण समारोह गरिएको हो ।