करिब तीन लाख किशोरीलाई खोप लगाइने

लोकप्रिय

हेटौँडा, माघ २१ गते ।
पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप बागमती प्रदेशका करिब तीन लाख किशोरीलाई लगाइनेभएको छ ।
यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म सञ्चालन गर्न लागिएको खोप अभियान अन्तर्गत यस प्रदेशमा एचपिभी खोप लगाउनेतयारी अन्तिमचरणमा पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खोप अभियान अन्तर्गत १० वर्षदेखि १४ वर्ष उमेर समूहका यस प्रदेशका दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप दिने तयारीगरिएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालय भित्र रहेका दुई लाख ७५ हजार ६१८ किशोरी र विद्यालय बाहिर रहेका २३ हजार २८७ जना किशोरीलाई खोप लगाउने अनुमान गरिएको छ ।
बागमतीप्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक लाख आठ हजार १०४ र सबैभन्दा कम रसुवाका एक हजार ६८६ किशोरीले उक्त खोप लगाउनेलक्ष्य राखिएकोछ ।
निःशुल्क प्रदान गरिने खोप अभियानका लागि प्रदेशमा ४ हजार ५७९ खोप केन्द्र तय गरिएको निर्देशनालयको भनाई छ । अभियानका लागि चार हजार ३२४ स्वास्थ्यकर्मी र आठ हजार ७३६ स्वयंसेवक परिचालित हुने निर्देशनालयका प्रवक्ता पौडेलले बताउनुभयो ।
उहाँले प्रदेशका १३ जिल्लाका चार हजार ५७९ वटा खोप केन्द्रबाट खोप लगाइने बताउँदै खोप सबै जिल्लामा पुगिसकेको र जिल्लास्थित खोप केन्द्रहरुमा पु¥याउने क्रम चलिरहेको बताउनुभयो ।
खोप अभियानका लागि तीन लाख एक हजार ८९४ भाइल खोप आवश्यक पर्ने निर्देशनालयले जनाएको छ ।

ताजा समाचार

Related Articles