त्रिशूली नदी प्रदुषित हुँदा जलपर्यटन प्रभावित

लोकप्रिय

धादिङ, माघ २१ गते ।
धार्मिक एवं पर्यटकीय दृष्टिले निकै महत्वपुर्ण मानिएको त्रिशुली नदी जलयात्रा पर्यटकका लागि महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा परिचित छ ।

जलयात्राको पहिलो गन्तव्य मानिएको त्रिशूली नदी केही बर्षयता निकै प्रदुषित र अतिक्रमणको मारमा पर्दै जान थालेको छ । नदी छेउमा बढ्दै गएको अव्यवस्थित वस्ती, अवैध खानी तथा वालुवा प्रशोधित उद्योगका कारण नदीमा प्रदुषण बढेको हो ।

पछिल्लो समय बढ्दो नदी प्रदूषणका कारण भने नदिको अस्त्वि नै संकटमा परेको छ । जस्ले गर्दा जलयात्राका लागि आउने पर्यटकहरुको संख्यामा समेत निकै कमी आएको गुनासो पर्यटन ब्यवसायीहरुको गुनासो छ ।

विगतका हरेक वर्ष माघको अन्तिम सातादेखी त्रिशुली नदीमा जलयात्राका लागि उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेपनि चालु वर्षमा जलयात्राका लागि आउने पर्यटकहरुको संख्यामा निकै कमी भएको स्थानीयको भनाई छ ।

सरकारले सन् २०२५ देखी ३५ को दशकलाई पर्यटन दशकको रुपमा मनाउने भन्दै विभिन्न पर्यटकीय गतिविधिहरु सुरु गरेको छ । तर जल यात्राका लागि निकै महत्वपुर्ण त्रिशुली नदिको अस्तित्व जोगाउने तर्फ भने कसैले चासो दिएको छैन ।

सरकारले तोकेको एक सय पर्यटकीय गन्तब्यमध्ये त्रिशुली नदी पनि एक प्रमुख गन्तब्य हो । ह्वाईट वाटर र्‍याफ्टिङका लागि पर्यटकहरुको मुख्य रोजाई बन्ने त्रिशुली नदीको अस्तित्व भने दैनिक संकटमा पर्दै जान थालेको छ ।

विशेषगरी धादिङको गल्छी, गजुरी र बेनीघाट रोराङ्ग गाउँपालिका क्षेत्रमा जथाभावी नदि किनाराबाट बालुवा निकाल्ने र स्थानीय तहका बजारहरुबाट दैनिक निस्कने फोहरमैला फाल्ने गरेकोले नदीको सौन्दर्यमा समेत असर परेको छ ।

फोहर पानीमा पर्यटकहरुले जलयात्रा गर्न नमान्ने गरेको पर्यटन ब्यवसायीहरुको भनाई छ । नदि किनाराको उचित संरक्षण र सम्वर्द्धन गरी जलयात्राका लागि पर्यटकहरु ल्याउन सके मात्रै पनि यसले समग्र धादिङको अर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।

ताजा समाचार

Related Articles