हेटौँडा ।
बागमती प्रदेशका प्रदेश सभा सदस्यहरुले प्रदेश सभा सदस्यलाई निर्वाचन क्षेत्र केन्द्रित मात्र बनाएको प्रति आपत्ति जनाएका छन् ।
प्रदेश सभाको बैठकमा विशेष समयमा निर्वाचन क्षेत्र केन्द्रित भएर मात्र बोल्न दिएपछि प्रदेश सभा सदस्यले आफुहरुलाई खुम्च्याउने कार्य गरेको भन्दै आपत्ति जनाएका छुने ।
प्रदेश सभाका सदस्यहरुले निर्वाचन क्षेत्र केन्द्रित हुँदै समस्या राख्दै सरकारको काम सुस्त भएको भन्दै बागमती प्रदेश सरकारको काम प्रति सत्तारुढ प्रदेश सभाका सदस्यकै असन्तुष्टि जनाएका छन् ।
कार्यकारी अधिकार भएको प्रदेश सरकार गुनासो सुन्ने अधिकारीमा सिमित बनेको बताउँदै प्रदेश सभा सदस्यहरुले लेकतन्त्रमा जनता मालिक हुन्छ तर यहाँ ठिक उल्टो भएको बताउनुभयो ।
साथै प्रदेश सभा सदस्यहरुले ऐन बन्छ तर कार्यान्वयन हुँदैन, विशेष समयको समयनै पुगेन, अन्य विषयमा धारणा राख्न नपाएको, एउटा प्राकृतिक विपद सकिएर अर्को आउने समय आउँदासमेत राहत र पुनसर््थापनाको काम हुन नसकेको गुनासो गर्नुभएको थियो । साथै समानुपातिकततर्फ निर्वाचित प्रदेश सभा सदस्यमाथि सरकारले विभेद गरेको प्रति प्रदेश सभा सदस्यहरुले आपत्ति जनाउनुभएको थियो ।
प्रदेश सभा सदस्य रामकुमार पहाडीले विशेष समयमा निर्वाचन क्षेत्र लक्षित गरेर बोल्ने गरी खुम्च्याएको प्रति आपत्ति जनाउनुभयो ।
प्रदेश सभा सचिवालयबाट सूचना जारी भएको प्रति सचिवालयको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो लक्षित भनेको तोकिएको भनिएको हो ,माननीय सांसदहरुलाई सिमित गर्ने खुम्च्याउने यो काम नगरियोस् सांसदहरुले समसामयिक र राष्ट्रिय मुद्दाहरुमा पनि बोल्न पाउँछन्, यो अधिकार प्रदेश सभा सदस्यहरुलाई छ ।
उहाँले अगाडि भन्नुभयो, ध्यान र योगको कार्यक्रममा अनिवार्य उपस्थिति भनियो त्यो व्हिप लगाएको हो कि ?अहिलेसम्म हामीले मतदान हुने अवस्थामा बाहेक प्रदेश सभा सदस्यलाई व्हिप अर्थात् अनिवार्य उपस्थिति भनिएको छैन र यो परम्परा छैन यो उचित होइन ।
प्रदेश सभा सदस्य कृष्णप्रसाद शर्मा खनालले संसद जनताको हो समस्या राख्नका लागि ऐन कानुन बनाउनका लागि र सरकार ऐन कानुनमा टेकेर जनताको समस्या समाधानका लागि हो तर सरकार काम गर्न होइन गुनासो सुन्ने अधिकारी जस्तोभएको छ भन्नुभयो ।
प्रदेश सभा सदस्य भारती पाठकले पाँच पहिनापछि सांसदहरुले बोल्न पाउने कुरामा पाँच मिनेटमा रोकेर जनताको कुरा उठाउन सन्दर्भमा प्रतिबन्ध लगाउने काम नगरोस् भन्दै कार्यव्यवस्था परामर्श समितिको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले निर्वाचन क्षेत्र विशेष कार्यसूची आयो मन्त्रीहरु बजेट कार्यान्वयन गर्ने चपेटामा हुनुहुन्छ भन्दै मन्त्रीहरुले चाहेर पनि पैसा दिनसक्ने अवस्थामा नरहेको बताउनुभयो । उहाँले अहिले हामीले निर्वाचन क्षेत्रसम्बन्धी समस्याहरु राखिरहँदा त्यो कहिले सुनुवाई हुन्छ अर्को बजेट बन्न सुरुनभएको भन्नुभयो, यो बेला न कु बेला बजी नेता भने जस्तैभएको छ ।
प्रदेश सभा सदस्य प्रभातकुमार तामाङले बजेट सम्झौता गर्नभएको सहमति अझै कार्यान्वयन नभएको र बजेट मापदण्ड विपरीत बन्ने गरेको बताउनुभयो ।
यसै गरी प्रदेश सभा सदस्य रत्न ढकालले जनताले सरकार खोजिरहेको छ, मन्त्रीलाई प्रदेश सभा र मन्त्री मन्त्रालयमा बस्दैनन्, मन्त्रीहरु मुख्यमन्त्रीलाई सफल बनाउँदै हुनुहुन्छ कि विफल भन्दै प्रश्न गुर्नभयो ।
प्रदेश सभा सदस्य कुमारी तामाङले प्रदेशको विकासमा साझा धारणा बनाउने प्रतिबद्धता मुख्यमन्त्रीले गरेपनि कार्यान्वयन नगरेको भन्दै देश दुई ठुला दलले अध्यादेशबाट चलाउन लागेको आरोप लगाउनुभयो ।
प्रदेश सभा सदस्य गोविन्द लम्सालले प्रदेश सभा सदस्यहरुले राखेका समस्याका बारेमा सरकारबाट संवोधनमा ढिलाई भएको बताउनुभयो ।
प्रदेश सभा सदस्य वसन्त प्रसाद मानन्धर बागमती प्रदेश सभाको गरिमा बढाउने सन्दर्भमा सरकार जिम्मेवार हुनुपर्ने भन्दै संशोधन विधेयक मात्र आएको नयाँ विधेयक नआएको, कानुन निर्माणमा संघीय सरकार बाधक भयो भन्ने सवाल उठाउँदै गर्दा आफुले बनाउनसक्ने कानुन बनाउनसमेत चुकेको बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य गिरबहादुर तामाङले जिल्ला समन्वय समिति सेतो हात्ती बनेको छ औचित्य र अधिकार पनि छैन भन्नुभयो ।
प्रदेश सभा सदस्यहरु ठुला थामी, डम्बर तामाङ, जयराम थापा, ठाकुरप्रसाद ढकाल, डा. दिनेशचन्द्र देवकोटा, बालकुमारी विश्वकर्मा, रामकुमार पहाडी, मीना पराजुली पोखरेल, नुरज वज्राचार्यलगायतले नागरिकलाई दिने सेवा सुविधाप्रति सरकारलाई गम्भिर हुन आग्रह गर्नुभयो ।
प्रदेश सभाको बैठकमा मुख्यमन्त्री बहादुर सिं लामा तामाङले प्रदेश लोकसेवा आयोग बागमतीको पाँचौ वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
प्रदेश सभाको बैठक यही माघ २६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरिएको छ ।