– गैह्रे बद्रीनाथ
कति कुरा चाहेर नि भन्न सकिदैन
गलत कामको साक्षी बन्न सकिदैन।
आगो ताप्न आफ्नै घर डढाउँछन् यहाँ
अरु भन्दा आफ्नैसँग लड्न सकिदैन ।
सहि मान्छे जोगिनै मुस्किल हुन थाल्यो
जलपधारी पित्तल चिन्न सकिदैन ।
बिचौलियाकै राज भएनि जताततै
नैतिकता त मूल्यमा किन्न सकिदैन।
हरेस खानुहुन्न सत्यकै हुन्छ जीत
आफ्नै खाडल आफैंले खन्न सकिदैन ।