सडक नाटक प्रतियोगिता शुरू

लोकप्रिय

हेटौँडा, फागुन २१ गते ।
हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजनामा हेटौँडामा प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगिता शुरूभएको छ ।
झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रतियोगितामा नगरभरीको १२ वटा समूह रहेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले कला र संस्कृतिको प्रवद्र्वनबाट समाजमा रहेको विभेद र विकृति हटाउँदै समाजमा चेतना वृद्धि गर्न नाटक प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिता अन्तर्गत ज्ञानोदय बालबाटिका आवासीय मावि हेटौँडा–५ का समूहले महिला हिंसा विरूद्व सचेतनामूलक ‘रक्ताम्मे मेरो शरीर’ नामक नाटक र १८ नं. वडा बाल सञ्जालले लागू औषध दुव्र्यसनीविरूद्व चेतनामूलक नाटक प्रस्तुत गरेका छन् । विभिन्न वडाका अन्य समुहरुको सडक नाटक प्रदर्शनी हुने प्रतियोगिता यही फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।

ताजा समाचार

Related Articles