हेटौँडा, फागुन २८ गते ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ स्थित जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युभएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार बकैया ४ का ३३ वर्षीय रुपक दियालीको मृत्युभएको हो ।
उहाँले हात्तीसुँडेबाट ठुलोदमार तर्फ आउँदै गरेको बा ४० प ५३०६ नं. को मोटरसाइकल घुम्तीमा मोडने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको बताउनुभयो ।
दुर्घटनामा परी मोटरसाइकल चालक दियालीको टाउकोमा चोट लागी गम्भिर घाईते भई तत्काल उपचारको लागी बकैया अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी हेटौँडा अस्पताल पठाएको थियो ।
बिहान ४ः३० बजे हेटौँडा अस्पतालमा ल्याई जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको, शव अस्पतालमा रहेको र घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।