महानगरपालिकाका कर्मचारी घुसहित पक्राउ

लोकप्रिय

हेटौँडा, चैत ९ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत (सातौं तह) कपिल गिरीलाई घुसहित पक्राउ गरेको छ ।
अख्तियारमा उजुरी परी पत्र आएको छ उक्त उजुरीसँग सम्बन्धित केस मिलाई दिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले गिरीलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पोखरा महानगरपालिकाको गेट अगाडिबाट बिहीबार नियन्त्रणमा लिएको हो । गिरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles