हेटौँडा उपहानगरपालिका ९ स्थित मानवसेवा आश्रमले लामसुरेधापमा सञ्चालन गरेको महायज्ञमा सहभागिता बढ्दो छ ।
चैत १७ गतेदेखि सुरू भएको महायज्ञमा बिहीबार १७ लाख ५७ हजार १ सय ८ रूपियाँ दान प्राप्त मानवसेवा आश्रमको वित्त विभागले जनाएको छ । महायज्ञमा बिहीबार हेटौँडा उपमहानगरपालिका ४ मकवानपुर निवासी मन्जु पौडेल तथा पौडेल बेकरी परिवारले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्दै दुई लाख ६१ हजार १११ रूपियाँ दान गर्नुभएको हो । अक्षयकोष श्रीवृद्धिका लागि नारायणी यातायात व्यवसायी संघ, कार्यसमिति र कर्मचारी परिवारले एक लाख ११ हजार १११ रूपियाँ प्रदान गरेको छ ।
त्यस्तै हाल क्यानाडा निवासी प्रविण जोशी र सुधा जोशी श्रेष्ठले अक्षयकोषका लागि एक लाख ११ हजार १११ रूपियाँ दान गर्नुभएको छ । त्यस्तै आजीवन वार्षिक भोजनसेवा सहयोगार्थको लागि प्रमिला खतिवडा, प्रकाश खतिवडा, बुहारी प्रचल खतिवडा, हाल अमेरिका निवासी नातिनी प्रज्ञा र प्राची खतिवडाले एक लाख ११ हजार १ १५ रूपियाँ योगदान गर्नुभएको हो।
बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले अक्षयकोष श्रीवृद्धि सहयोगार्थ र वार्षिक भोजनसेवाको लागि ११ हजार १११ रूपियाँ दान गर्नुभएको आश्रमले जनाएको छ।
अक्षयकोष श्रीवृद्धि सहयोगार्थ हेटौँडा उपमहानगरपालिका ९ का लक्ष्मण दाहाल र तारादेवी दाहालले स्व। डिल्लीनाथ दाहाल र सत्यरुपा दाहालको स्मृतिमा ५१ हजार रूपियाँ र विश्वकान्ति कलावती सुमार्गीले ५१ हजार पाँच रूपियाँ दान गर्नुभएको हो ।
महायज्ञमा हेटौंडा उपमहानगरपालिका(९ मकवानपुर निवासी कल्पना भण्डारीले ५० हजार ५०५ रूपियाँ, हेटौँडा उपमहानगरपालिका ४,मकवानपुरस्थित मकवानपुर ग्रिल तथा स्टिल व्यवसायी संघले ३० हजार, हेटौँडा उपमहानगरपालिका ९ का निवासी दुर्गाप्रसाद गेलाल र ठम कुमारी गेलालले १५ हजार १०५, संगीता बर्तौलाले २५ हजार ५०५, भगवान ढकाल र गीतादेवी ढकालले १५ हजार १५५, लता खरेल र एकराज खरेलले पाँच हजार ५५५, दिव्यश्वरा चौलागाईले ११ हजार १११, हरिशरण बर्तौलाले १५ हजार ५५, सुशीला गौतम साउदले १५ हजार ५११, सीता देवी भेटवालले १५ हजार ५५५ र महेन्द्र मावि. का शिक्षक तथा कर्मचारी परिवारले १५ हजार ५०५ रूपियाँ दान गर्नुभएको छ ।
मावसेवा आश्रम मुख्य कार्यालयको क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धिमा गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ चैत २४ गतेसम्म सञ्चालन हुनेछ ।