कैलाशमा छुट जग्गा दर्ता कायम गर्न पुनः सूचना गर्नुपर्ने माग

लोकप्रिय

हेटौँडा, चैत २२ गते ।
मकवानपुरको कैलाश गाउँपालिकामा एक कार्यक्रम गरी भूमि समस्या समाधान आयोग मकवानपुरले स्थानीय जनप्रतिनिधिहरुलगायतका सरोकारवालाहरुसँग छलफल गरेको छ ।


मकवानपुरको बागमती गाउँपालिकाबाट सुरु भएको छलफलका क्रममा आयोगको टोली बिहीबार कैलाश गाउँपालिकामा पुगेको हो छ ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकामा भूमि सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न गाउँपालिकाले प्रक्रियागत हिसाबले काम गरिरहेको बताउनुभयो । उहाँले प्रमाणीकरण भएका फाइलहरु अड्केर बसेको समय धेरै भएको अवस्था छ, केही छुट जग्गा दर्ता कायम गर्न आयोगले पुनः सूचना जारी गरिनुपर्ने माग गर्नुभयो ।

गाउँपालिकाको कार्यालय कालिकाटारमा भएको अन्तरक्रिया कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईँले आयोगले गाउँपालिकामा तयार भएका फाईलहरु समयमानै अनलाईन प्रविष्टि गरेर आवश्यक कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
गाउँपालिका भूमि शाखाका प्रमुख हस्तराम नेगीले कैलाश गाउँपालिकामा भएकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको ६२५ जनाको लगत संकलन गरिएकोमा ४६९ जनाको अनलाईन प्रविष्टि गरिसकेको भन्दै अनलाईन प्रविष्टि गरिएकोमा भूमिहिन दलितमा ६ जना, भूमिहिन सुकुम्बासीमा ६७ जना र बाँकी सबै अव्यवस्थित बसोबासी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, आयोग मकवानपुरका सदस्यद्वय कविन साङ्गामी, दिलमाया घर्ती, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा ३ का कार्यबाहाक अध्यक्ष राममाया प्रजा, वडा ४ का वडाध्यक्ष तीलकबहादुर मोक्तान, वडा ७ का वडाध्यक्ष उदास कुमार भोलन, ८ का वडाध्यक्ष आशिष प्रजा, ९ का वडाध्यक्ष भूवनसिं घलान, १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन, नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष रविन्द्र थिङ, नेकपा एमाले गाउँपालिका सचिव बाबुराम मुक्तानलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles