हेटौँडा, चैत २२ गते ।
मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. १ स्थित सामरी पुल नजिक रहेको खाली चौरमा हुल तथा दंगा व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच शुक्रबार दंगा नियन्त्रणको संयुक्त अभ्यास संचालन गरिएको हो ।
भीड तथा दंगा नियन्त्रणमा प्रभावकारीता ल्याउन तथा बल प्रयोगको क्रममा मानव अधिकार हनन्को अवस्था आउँन नदिन प्रहरी कर्मचारीहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले नेपाल प्रहरी कार्ययोजना २०८१ बमोजिम दंगा नियन्त्रणको संयुक्त अभ्यास संचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो अभ्यासमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी बल हेटौँडा १४ नं. का प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाह, नेपाली सेनाका प्रमुख सेनानी निरन्जन धामीलगायतको उपस्थिति रहेको थियो ।