बेबारिसे शव फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ३० गते ।
हेटौँडामा बेवारिशे अवस्थामा दुई वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका १० बसपार्कमा मागी खाई हिड्ने सोही स्थान बस्ने वर्ष ४० की अस्मिता तामाङ बेहोस अवस्थामा फेला पारी हेटाँैडा उपनहानगरपालिको नगर प्रहरीले उद्वार गरी हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा शुक्रबार मृत्युभएको प्रहरीको भनाई छ ।
यस्तै शुक्रबार नै हेटौँडा १० बसपार्कमा हाल नाम थर वतन नखुलेको करिब ६५÷७० वर्षको जस्तो देखिने पुरुष ब्यक्ति अचेत अवस्थामा फेला पारी हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै शव हेटौँडा अस्पतालमा रहेको भन्दै प्रहरीले मृतकका आफन्तजन तथा चिन्नु हुने व्यक्तिले जिल्ला प्रहरी कार्यालय वा हेटौँडा अस्पताल मकवानपुरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles