बकैयामा ५९ जनालाई लालपुर्जा वितरण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ३१ गते ।
मकवानपुरको बकैया गाउँपालिकामा लामो समयदेखि जग्गा भोग चलन गर्दै आएपनि जग्गाधनी पुर्जाविहीन रहेकाहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

भूमि समस्या समाधान आयोग मकवानपुर र बकैया गाउँपालिकाको संयुक्त आयोजनामा बकैया गाउँपालिका–७ स्थित भिरकोटमा आइतबार आयोजित कार्यक्रममा ५९ जनालाई जग्गाधनी पुर्जा वितरणको गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गरी ५९ जनालाई जग्गाधनी पुर्जा वितरणलाई वितरण गरिएको थियो ।

कार्यक्रममा जग्गाधनी पुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या सबैको साझा समस्या भएकोले साझा प्रयास र समन्वय आवश्यकभएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङ, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी मगर, पूर्व सांसद कृष्णप्रसाद दाहाल, संविधान सभा सदस्य अनन्त पौडेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीलगायतले भूमिसम्बन्धी समस्या समाधान भएपछि उत्पादनसँग जोडेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले भूमिसम्बन्धी समस्या समाधानका लागि भईरहेको प्रयास बारेमा जानकारी गराउनुभएको थियो ।
आवासीय प्रयोजनका लागि ३४० वर्ग मिटर र कृषि प्रयोजनका लागि दुई हजार वर्ग मिटरसम्म जग्गा उपलब्ध गराइएको छ ।
बकैया गाउँपालिकासँगको समन्वयमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी गरी ४० जना तथा १९ अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles