खासकुरा संवाददाता
हेटौँडा, चैत ३१ गते ।
मकवानपुरमा आइतबार वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ ।
यस्तै आइतबार दिउँसो परेको चट्याङ लागेर दुई जना घाइते भएका छन् । मनहरी गाउँपालिका वडा नं. ५ दरदराका २८ वर्षीय अविरल थिङको चट्याङ लागेर मृत्युभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार आफन्तको घर मनहरी ५ डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा मनहरी ५ वसन्तपुरस्थित राप्तीखोलाको किनारमा चट्याङ लागेर थिङको मृत्युभएको हो ।
चट्याङ लागेर २८ वर्षीय थिङको घटनास्थलमा नै मृत्युभएको थियो ।
मृतकका ५६ वर्षीय सिंहबहादुर थिङ र १० वर्षीय छोरा सौगात गोले घाइते हुनुभएको छ । प्रहरीका अनुसार थिङको अवस्था मध्यम र गोलेको अवस्था सामान्य रहेको छ ।