खासकुरा संवाददाता
हेटौँडा, चैत ३१ गते ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. २ भैंसेका आशिष मुक्तानको चोरीभएको मोटरसाइकल फेला बारी प्रहरीले बुझाएको छ ।
बा.प्र.०२–०५६ प ३०८३ नं.को पल्सर मोटरसाइकल हेटौँडा १ स्थित भिन्तुना पथबाट यही चैत २४ गते चोरी भएकोमा प्रहरीले खोजतलास गरी फेला पारी सवारी धनी आशिष मुक्तानलाई आइतबार बुझाएको हो ।
उक्त मोटरसाइकल चोरीमा संलग्न रहेका अभियोगमा हेटौँडा नं. १८ बस्ने वर्ष ३२ को ठुले भन्ने सूर्य लामा स्याङतान र मकवानपुरगढी गाउँपालिका ३ बस्ने वर्ष ३० को सोम थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भईरहेको छ ।