लागूऔषधसहित तीन जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ३१ गते ।
मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा ४ क्याम्पस रोड स्थित सडकमा शंकास्पद रुपमा बसिरहेका जिल्ला धनुषा महेन्द्रनगर नगरपालिका वडा नं. २ बस्ने वर्ष ३४ का जुनेन अन्सारी र ना १७ प ४१७६ नं.का मोटरसाइकल चालक मकवानपुरकको मकवानपुरगढी गाउँपालिकका वडा नं. ३ घर भई हेटौँडा उपमहानगरपालिका ५ भैरबरोड बस्ने वर्ष ३० को विश्वराज रुपाखेतीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निजहरुको साथबाट लुकाई राखिएको अवस्थामा ४ ग्राम ८१० मिलि ग्राम लागूऔषध खैरो हेरोईन धुलो पदार्थ फेला परेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त लागूऔषध र ना १७ प ४१७६ नं. को मोटरसाइकल बरामद गरी निजहरु जुनेन अन्सारी र विश्वराज रुपाखेतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
यस्तै प्रहरीले हेटौँडा १ तरकारी बजारस्थित सडकमा शंकास्पद रुपमा हिडिरहेका हेटौँडा १ बस्ने वर्ष २४ को सुशीलदास बाँनियालाई खैरो हेरोईनसहित पक्राउ गरेको छ । निजको साथबाट २ ग्राम ८० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीको भनाई छ । लागूऔषधसहित निज सुशीलदास बाँनियालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles