कांग्रेस अनुशासन समितिमा चार जना सदस्य मनोनित

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ५ गते ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा चार सदस्य मनोनित गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित केन्द्रीय अनुशासन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गर्नुभएको कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त संयोजकमा निवर्तमान महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई चयन गरिएको उल्लेख छ ।

ताजा समाचार

Related Articles