प्रतिनिधि सभा बैठक बुधबार दिउँसो बस्ने

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ५ गते ।
प्रतिनिधि सभाको बैठक बुधबारका लागि सरेको छ । मङ्गलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले मङ्गलवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिनुभयो ।
बैठक विशेष कारणले बस्न नसक्ने भएपछि प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख देवराज घिमिरेले बैठक बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको हो।

ताजा समाचार

Related Articles