सुशासनको जनअपेक्षा पुरा गर्नुपर्छ

लोकप्रिय

बारा, वैशाख ३ गते । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस र एमाले मिलेर बनेको सरकारले संविधान संशोधन र सुशासनको जन अपेक्षा पुरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ बाराको क्षेत्रीय अधिवेशनको आज बाराको बडहर्वामा उद्घाटन गर्नुहुँदै महामन्त्री थापाले काँग्रेस र एमाले मिलेर स्थायी सरकार बनेको हुँदा जनअपेक्षा धेरै छन् भन्नुभयो ।
महामन्त्री थापाले प्रदेश सरकारमा भ्रष्ट्राचार र अनियमितताका कुरा बढी आएका छन् भन्नुहुँदै सङ्घीयताको आधार स्तम्भको रुपमा रहेको मधेश प्रदेशमा भ्रष्ट्राचार र अनियमितता अन्त्य गर्न सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।
आगामी निर्वाचनमा काँग्रेस कुनै दलसँग मिलेर गठबन्धन गरि चुनावमा जाने कल्पना पनि गर्न नसकिने बताउँदै उहाँले काँग्रेसको जग मधेसलाई थप मजबुत बनाएर मधेसको बलमा ०८४ को चुनावमा काँग्रेसले एकल बहुमत हासिल गर्ने समेत दाबी गर्नुभयो ।
महामन्त्री थापाले पार्टीको क्रियाशील सदस्य वितरण वैशाख १५ गतेसम्म टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै पार्टीभित्र बृहत्तर एकता आपसी सहमति सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का अध्यक्ष प्रभात कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, केन्द्रिय सदस्य प्रकाश रसाईली, निरु रायमाझी, संविधान सभा सदस्य शोभाकर पराजुली, मधुशाही ठकुरी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles