गाँजासहित एक जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ४ गते ।
मकवानपुर प्रहरीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीका ५० वर्षीय बाबुराम मुक्तानलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो । मनहरी गाउँपालिका–६, नयाँवस्तीस्थित ब्रह्मादेवी सामुदायिक वनबाट मुक्तानलाई ५२ किलो लागूऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजा तस्करी हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मुक्तानलाई नियन्त्रणमा लिएको जनाइएको छ । मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई मुक्तानलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles