एआइजी बढुवाको लागि ६ जनाको नाम सिफारिस

लोकप्रिय

काठमाडौँ , वैशाख ४ गते । गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त एआईजीमा ६ जना डिआइजीलाई बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
एक नम्बरमा चन्द्रकुबेर खापुङ सिफारिस हुनुभएको छ भने लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा। मनोज केसीलाई एआइजी बढुवाको सिफारिस गरिएको हो ।
आचार्य र पोखरेल सिनियर ब्याचबाट बढुवा सिफारिस भएका हुन भने १११ को ब्याचबाट कार्की, अधिकारी र केसीको बढुवा सिफारिस भएको हो ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
अत्यधिक चर्चामा रहेको अनुसन्धान विभागबाट समायोजन भएकाहरू कोही पनि बढुवा सिफारिसमा परेका छैनन् ।

ताजा समाचार

Related Articles