खासकुरा संवाददाता
हेटौँडा, वैशाख ४ गते ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीस्थित सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा परी ४३ जना यात्रु घाइते भएका छन् ।
इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस बिहीबार बिहान ४ः५० बजेको समयमा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालाका अनुसार घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन पठाइएको छ । घाइतेमध्ये नौ जनाको नयाँ मेडिकल कलेज र ३४ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचारभएको छ ।
बस चालक बाराको कोल्बी नगरपालिका–११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्टेरिङ लक भएकोले काट्न खोज्ने बेला नकाटिएर दुर्घटना भएको जनाइएको छ ।