खासकुरा संवाददाता
हेटौँडा, वैशाख ४ गते ।
भैंसे–भीमफेदी–कुलेखानी–काठमाडौँ मार्गको मकवानपुर भीमफेदी गाउँपालिका ४ निबुवाटारस्थित सडकको खण्डमा एक गाडीमा आगोलागी भएको छ ।
काठमाडौँ तर्फबाट हेटौँडा आउँदै गरेको जिजे १२ डिए ९६१८ न. को.भारतीय गाडीमा गएराति आगोलागीभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रपक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले गाडीमा अचानक आगोलागी भई क्षति र मानवीय क्षति नभएको बताउँदै घटनाको बारेमा अनुसन्धान भईरहेको बताउनुभयो ।