काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ । गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरुको रिहाई लगायतका माग गर्दै प्रदर्शन गरेको हो । दिउँसो करिव १२ बजेतिरबाट राप्रपाका नेता कार्यकर्ताहरु प्रदर्शनका लागि बानेश्वर, विजुलीबजार लगायतका क्षेत्रमा भेला भएका थिए ।
राप्रपाका नेता कार्यकर्ताहरुले नयाँ बानेश्वर, जविजुलीबजार र माइतिघर क्षेत्रमा विभिन्न नारा लगाउदै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन निषेधित क्षेत्र वरपर सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । यसैबीच सिंहदरवारको दक्षिणी प्रवेशद्वार नजिकबाट पक्राउ पर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई साँझ ६ बजेतिर रिहा गरियो ।
राप्रपा संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेकाले अध्यक्ष लिङ्देन सहितका नेताहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । विभिन्न नारा अंकित पम्प्लेट सहित प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका नेताहरुलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो । अध्यक्ष लिङ्देनसहितका नेताहरु पक्राउ परेपछि रिहाईको माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी विजुलीबजार क्षेत्रमा नाराबाजी गरेका थिए ।