शिक्षक आन्दोलनप्रति स्थानीय तहको समर्थन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ९ गते । नेपाल शिक्षक महासंघको आव्हान भएको जारी शैक्षिक सडक आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउने क्रम बढ्दो छ ।
विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन प्रति मकवानपुरका स्थानीय तहहरुले समर्थन जनाएका हुन् ।
यसैबीच गत चैत २० गतेदेखि सुरुभएको आन्दोलन सोमबार २१ औँ दिन पनि जारी रहनेभएको छ ।
शिक्षकहरुले गत चैत २० गतेबाट राजधानी केन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालिन शैक्षिक आम हड्ताल सुरु गरेका थिए ।
शिक्षकको आन्दोलन प्रति मकवानपुरका तीन स्थानीय तहले ऐक्यबद्धता जनाउँदै शिक्षक जायज माग पुरा गर्न आग्रह गरेका छन् । मकवानपुरको थाहा नगरपालिका र बागमती गाउँपालिकाले शिक्षकहरुको जारी आन्दोलनप्रति समर्थन जनाएका हुन् ।
थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र बागमती गाउँपालिकाले शिक्षकहरुको जायज माग पूरा गर्न सरकारसँग छुट्टाछुट्टै विज्ञप्ति जारी गरी समर्थन जनाएका छन् ।


थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्टले नेपाल सरकारलाई नेपाल शिक्षक महासङ्घसँग भएका विगतमा सम्झौताहरू अनुरुप जायज मागहरुलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र प्रक्रियाद्वारा विद्यालय शिक्षा ऐन जारी गरी समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले एक विज्ञप्ति जारी गर्दै शिक्षक महासङ्घको आह्वानमा भइरहेको काठमाडौं केन्द्रित आन्दोलनका कारण यस नगरपालिकाभित्र रहेका ६४ विद्यालयहरूका शैक्षिक सत्र २०८२ का भर्ना अभियानलगायत पठनपाठन ठप्प भएको बताउनुभएको छ ।
शैक्षिक सत्र २०८१ को अन्त्यमा गर्नुपर्ने उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, समीक्षा, विश्लेषण जस्ता कार्यहरु, वार्षिक कार्ययोजना निर्माण, विभिन्न विषयमा तालिम तथा कार्यशाला जस्ता महत्वपूर्ण कार्यहरु प्रभावित भएको भन्दै विज्ञप्तिमाफर्त विद्यालय सेवामा संलग्न जनशक्तिको मनोबल उच्च गराउँदै शिक्षण पेशा र शैक्षिक क्षेत्रलाई मर्यादित एवम् प्रतिष्ठित बनाउन नेपाल सरकारलाई नेपाल शिक्षक महासङ्घसँग भएका सम्झौताहरू अनुरुप मागहरुलाई छिटो संवोधन गरी विद्यालय शिक्षा ऐन जारी गरी समस्या समाधान गर्न नेपाल सरकारलगायतका निकायलाई अनुरोध छ । राक्सिराङ गाउँपालिकाका राजकुमार मल्ल, उपाध्यक्ष वनस्थम थिङ र प्रमुख प्रशासकीयक अधिकृत पदमबहादुर बस्नेतले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षकका माग संवोधन गर्न सरकारसँग अनुरोध गर्नुभएको छ ।


यस्तै बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले एक विज्ञप्ति जारी शिक्षकमा माग पुरा गर्न आग्रह गर्नुभएको छ ।
संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० विधेयकमा शिक्षण क्षेत्रमा रहेका विद्यमान समस्या समाधानको स्पष्ट व्यवस्था नगरिएको शिक्षक तथा विद्यालयका कर्मचारीहरुको वृत्ति विकासलाई वेवास्ता गरिएको, ट्रेड युनियन अधिकार कटौति गरिएको भन्दै आफ्ना माग सम्बोधन गरी यथाशीघ्र शिक्षा सम्बन्धी ऐन जारी गर्न दवाव दिन शिक्षक महासङ्घको आह्वानमा आन्दोलन जारी रहेको छ ।
यस्तै मंगलबार माइतीघर मण्डलामा जोर झण्डाको नजिक पूर्व तर्फ जेब्रा क्रसमा ठीक ९ः०० बजे उपस्थित भएर मकवानपुरको ब्यानरमा एकत्रित भै शान्तिपूर्ण सडक प्रदर्शनमा सहभागी हुन आन्दोलन परिचालन समिति, मकवानपुरले आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles