हेटौँडामा चौथो मिस्टर मकवानपुर हुने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १० गते ।
मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको आयोजनामा हेटौँडामा चौथो मिस्टर मकवानपुर–२०८२ हुने भएको छ ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स सिनेघरमा यही वैशाख २० गते मिस्टर मकवानपुर शारीरिक सुगठन प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको विजेताले एक लाख ३५ हजार ५५५ रुपियाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६६ हजार ६६६ रुपियाँ र तेस्रो हुनेले ४१ हजार १११ रुपियाँ नगद प्राप्त गर्ने आयोजकले बुधबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
मिस्टर मकवानपुरसँगै बेष्ट फिजिक्स महिला च्याम्पियनसीप, दोस्रो मिस्टर मकवानपुर भेट्रान्स र प्रथम मेन्स फिजिक्स च्याम्पियनसीप मकवानपुर हुनेभएको छ ।
आयोजक संस्थाका अध्यक्ष राजेश भेटवालका अनुसार प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहका खेलाडीले सहभागिता जनाउनेछन् । दोस्रो मिस्टर भेट्रान्सतर्फ प्रथम हुनेले ३३ हजार ३३३, द्वितीय हुनेले २६ हजार ६६६ रुपियाँ र तृतीय हुनेले १३ हजार ३३३ तथा मेन्स फिजिक्स च्याम्पियनसीपको विजेताले ३३ हजार ३३३ रुपियाँ, दोस्रो हुनेले २६ हजार ६६६ रुपियाँ र तृतीय हुनेले १३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिता संयोजक सुनिल लोप्चनले प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका, हेटौँडा स्कुल अफ म्यानेजमेन्टलगायतका संस्थाबाट सहयोग प्राप्त हुने जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles