जिल्लास्तरीय भलिबलको फाइनलमा आयोजक र छहारी युवा समाज भिड्ने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १० गते ।
नव वर्ष २०८२ र लोकतन्त्र दिवशको अवसरमा मकवानपुरको चित्लाङमा आयोजना गरिएको जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उपाधिका लागि आयोजक नेपाली कांग्रेस ए र छहारी युवा समाज, हेटौँडा भिड्नेभएका छन् ।
उपाधिका लागि प्रतियोगिताको फाइनल खेल र तेस्रो स्थानका लागि बिहीबार खेल हुनेभएको छ ।
सेमिफाइनलमा आयोजक नेपाली कांग्रेस एकले विजेता १८–२५, २५–२२, २७–२५, २५–१९ सोल्टु युवा क्लबलाई छहारी युवा समाजले आग्रा स्पोट्र्सलाई २५–१५, २५–१७, २५–१५ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
यसअघि भएको क्वाटर फाइनल खेलमा सोल्टु युवा क्लबले नेपाली कांग्रेस थाहा नगरपालिका वडा नं. ९ समिति बि लाई २५–२२ र २५–१७, नेपाली काँग्रेस आयोजक एले ड्रिमर्स युथ क्लबलाई २५–१७ र २७–२५, आग्रा स्पोट्र्सले वज्रबाराही खेलकुद विकास समितिलाई २५–१७, २१–२५ र १५–११ र छहारी युवा समाज,हेटौँडाले डाँडाबास युवा क्लबलाई २५–९ र २५–१० को सेट पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका थ्एि ।
साविक चित्लाङ गाविस गाउँ इकाई समिति नेपाली कांग्रेसका सभापति शालिकराम मानन्धर र उप–सभापति तेजबहादुर के.सी.को स्मृतिमा नेपाली कांग्रेस थाहा नगरपालिका ९ नं. वडा समितिको आयोजना र कांग्रेस थाहा नगरपालिका वडा नं. १० वडा समितिको समन्वयमा भएको प्रतियोगिता सोमबारबाट सुरुभएको हो ।
जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको फाइनल खेल थाहा नगरपालिका ९ चित्लाङको माझगाउँस्थित खेल मैदानमा हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले ७५ हजार रुपियाँ शिल्ड,मेडल र प्रमाण– पत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका उपसंयोजक दीपक गोपालीले जानकारी दिनुभयो ।
यस्तै प्रतियोगितामा द्वितीय हुने टिमले ४५ हजार र तृतीय हुने टिमले ३० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने भएको छ।
प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको छ ।

ताजा समाचार

Related Articles