५७ हजारभन्दा बढी क्यापसुल ट्रामाडोलसहित प्रहरीद्वारा दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ११ गते ।
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटाँैडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेस्थित सडकखण्डबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । रातोमाटेस्थित चेकप्वाइण्टमा बिहीबार सवारी साधन रोकी जाँच गर्ने क्रममा ५७ हजार पाँच सय क्यापसुलसहित बारा पचरौता नगरपालिका वडा नं. ७ बेनौलीका सवारी चालक तीर्थलाल पासवान र सह–चालक सुनिल पटेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुवै जनालाई बिहीबार सार्वजनिक गर्दै बारा जिल्लाको सिम्ररौनगढबाट हेटौँडा बजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नं. को योद्धा पिकअप गाडी र चालक वर्ष २५ का पासवान र सह–चालक वर्ष २३ का पटेललाई शंका लागि गाडी समेतको खानतलासी गर्दा सो गाडीको अगाडिको ईन्जिन भएको भागमा लुकाई ल्याईएको क्यापसुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालको भनाई छ ।
बजार मुल्य प्रति पत्ता ७२ रुपियाँले पाँच हजार ७५० पत्ताले चार लाख १४ हजार रुपियाँको रहेको जनाइएको छ ।
प्रहरीले उक्त गाडी बरामद गरी पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles