काठमाडौँ, वैशाख १४ गते । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै जारी काठमाडौँ केन्द्रित आदोलनमा प्रहरीले हस्ताक्षेप परेको छ ।
नेपाल शिक्षक महासंघको अह्वानमा जारी सडक प्रदर्शनको २६ औँ दिनमा आइतबार प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको हो ।
प्रदर्शनरत शिक्षकले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले धरपकड गरेको हो ।
उता पानीको फोहोरा हानेर शिक्षकहरुलाई तितरवितर गरेको प्रहरीको भनाई छ ।
शिक्षकहरुले प्रर्दशनमा घुसपैठ भएको दावी गरेका छन् । यसअघिको शिक्षकहरुको प्रदर्शन शान्तिपूर्ण रुपमा हुँदै आएको थियो । शनिबार शिक्षकहरु बिच नै कुटाकुट समेत भएको थियो । आईतबार अकस्मात शिक्षक र प्रहरी बिच झडपको अवस्था सृजना भयो ।
झडपका क्रममा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइतेभएका छन् ।
महासंघले चैत २० गते देखि सडक प्रदर्शन र २५ गतेबाट शैक्षिक हड्ताल आह्वान गर्दा सार्वजनिक शैक्षिक गतिविधि ठप्प भएको छ । हस्तक्षेपको चोतर्फी विरोधभएको छ । नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत विभिन्न नेता र दलहरुले प्रहरीबाट भएको धरपकडको विरोध गर्दै तत्काल शिक्षकका माग संवोधन गर्न माग गरेका छन् ।
