रुखले च्यापिएर एक जनाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १६ गते ।
मकवानपुर बागमती गाउँपालिका ३ देउजोरस्थित सूर्य किरण सामुदायिक वनमा इलाम नगरपालिका ९ का दिलकुमार लिम्बुको रुखले च्यापेर मृत्युभएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा सोमबार साँझ ४६ वर्षीय लिम्बुको रुखले च्यापी मृत्युभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा रुखले च्यापी लिम्बुको मृत्यु भएको बताउनुभयो ।
उहाँका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ताजा समाचार

Related Articles